चन्द्रागिरि साकोसले सुरु गर्यो ट्याब बैंकिङ सेवा

Thankot Times

थानकोट ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नयाँ आर्थिक वर्ष सुरु भएसँगै सदस्यहरुका लागि चन्द्रागिरि ट्याब बैंकिङ सेवाको शुरु गरेको छ ।

सेवा कार्यालय तथा सेवा केन्द्रबाट सदस्यहरुलाई प्रवाह गरिने सम्पूर्ण सेवा अब ट्याब बैंकिङको माध्यम मार्फत सदस्यहरु भएकै ठाउँबाट गर्न सकिने साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

चन्द्रागिरि ट्याब बैंकिङ सेवा सदस्यहरुलाई सेवा लिन दिन कार्यालयसम्मै धाउनुपर्ने झन्झटलाई कम गर्ने फूल फेजको प्रविधिमैत्री सेवाको रुपमा रहेको छ, यसको मुल लक्ष्य विस्तारै शाखा रहित सेवा सञ्चालन गर्न सक्षम बनाउने हो, श्रेष्ठले भने ।

सेवा शुरुवात भएको आज पहिलो दिन नै चन्द्रागिरि लघुवित्त समूहका १५ प्रतिशत सदस्यहरुले चन्द्रागिरि ट्याब बैंकिङ सेवा लिएको बताइएको छ ।

उक्त सेवाले हाल संस्थाको कुल सदस्यहरुमध्ये कम्तिमा १५% सदस्यहरुलाई तुरुन्तै लाभान्वित गर्ने र क्रमशः आवश्यकता अनुसार सेवा विस्तार गरिने योजना संस्थाको रहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

आ.व. ०८१/०८२ को साल सन्तोषजनक रुपमा सम्पन्न गरि साकोस सञ्चालक समितिको २०८२/०३/३० को निर्णय बमोजिम बिहीबार नै कार्यसम्पादन लक्ष्य तथा कार्यविवरण हस्तान्तरणको कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा साकोसका अध्यक्ष शिवशंकर मानन्धरले आ.व. २०८२/८३ को समग्र कार्यसम्पादन लक्ष्य तथा कार्यविवरण प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए भने प्रमुख कार्यकारी अधिकृतले विभागीय प्रमुख र सेवाकेन्द्र प्रमुखहरु मार्फत मातहतका कर्मचारीहरुमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अध्यक्ष मानन्धर र प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेमोनिक लोगो अनावरण र ट्याब कारोवार प्रमाणिकरण गरी उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

करिब २२ हजार जना सेयर सदस्य आवद्ध भएको चन्द्रागिरि सहकारीको संस्थागत पूँजी कोषमा २१ करोड रहेको र ऋण लगानी २ अर्ब ३० करोड रहेको छ ।

संस्थाले थानकोट चेकपोष्टस्थित मुख्यालयका अतिरिक्त काठमाडाैं उपत्यकाका विभिन्न स्थान सदस्य सेवा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *