चन्द्रागिरि क्षेत्रमा समेत आज दिउँसो आरी घोप्टे वर्षा हुने सम्भावना प्रबल

Thankot Times

थानकोट ।

आज आइतबार काठमाडौंमा ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ ।

दिउँसोतिर काठमाडौंका एक/दुई स्थानमा ‘भारी’ र धेरै भारी पनि पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“वाग्मती प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,” महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “काठमाडौंमा पनि त्यस्तो सम्भावना छ ।”

ठूलो पानी धेरै बेर भने नपर्ने उनले बताइन् । छोटो समयमा भारी वर्षा हुन सक्ने उनले जानकारी दिइन् । “छोटो समय भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,” उनले भनिन्, “मुभिङ हुने समयमा थोरै समय त्यस्तो हुनसक्छ ।”

हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर (नेपाल नजिक)तिर रहेको महाशाखाले जनाएको छ ।

यो बेलाबेला परिवर्तन भइरहेको मौसमविद् मानन्धरले जानकारी दिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *