ताहाचलबाट चन्द्रागिरिका २ जनासहित पाँच जना जुवाडे पक्राउ

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले एक लाख ३५ हजार ३०० रुपैयाँ नगदसहित जुवा तास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ ।

नियन्त्रणमा लिएकामा बिम्मा छिरिङ दोर्जे थिङ, सोमबहादुर तामाङ, वाङ दोर्जे लामा, अमिरराज थापा तथा पर्शुराम श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका मध्ये २ जना चन्द्रागिरि नगर निवासी रहेको बोहोराको भनाइ छ ।

ताहाचलस्थित एक घरमा जुवा तास खेल्ने तथा खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *