एसइई २०८१ः चन्द्रागिरिका ५५ मध्ये १३ विद्यालयबाट शतप्रतिशत परीक्षार्थी उत्तीर्ण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाबाट गतवर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका २०३५ जना परीक्षार्थीहरू मध्ये १७८५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नगरको शिक्षा युवा तथा खेलकुद शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार नगरको सामुदायिक विद्यालयका कूल ८०५ जना परीक्षार्थी मध्ये ६२५ जना उत्तीर्ण भएका छन् ।

सो परीक्षामा नगर क्षेत्रका १७ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए । ती मध्ये सतुङ्गल बोसिगाउँको भैरवनाथ माविबाट परीक्षामा सहभागी भएका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जहाँका ६ जना विद्यार्थी परीक्षामा सहभागी थिए । सो विद्यालयले पहिलोपटक माध्यमिक शिक्षा परीक्षामा सहभागीता जनाएको हो ।

एसइई एक्सलेन्स अवार्डबाट चन्द्रागिरिका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थी सम्मानित

सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै परीक्षार्थी सहभागी गराएको थानकोटस्थित मंगलोदय माविका ११३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जहाँबाट ११९ जना विद्यार्थीले सो परीक्षा दिएका थिए । यस्तै, बलम्बु माविका ९० जना परीक्षार्थीमध्ये ८४ जना उत्तीर्ण भएका छन् । प्रतिशतका आधारमा सबैभन्दा कम परीक्षार्थी उत्तीर्ण गराउने विद्यालयमा थानकोटस्थित चुनदेवी मावि रहेको छ, जहाँका ३६ जना परीक्षार्थी मध्ये १६ जना उत्तीर्ण भएका छन् । चन्द्रागिरि सामुदायिक विद्यालयलका परीक्षार्थीले यस वर्ष ४.० जीपीए ग्रेडिङ प्राप्त गर्न सकेनन् ।

संस्थागत तर्फ ३८ वटा विद्यालय गतवर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएकोमा १२ वटा विद्यालयले शतप्रतिशत नतिजा हात पारेका छन् । समग्रमा चन्द्रागिरि नगरका संस्थागत विद्यालयबाट १२३० जना सहभागी भएकोमा  ११६९ जना उत्तीर्ण भएका हुन् ।

चन्द्रागिरि नगरबाट गतवर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका मध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शैक्षिक संस्थाहरूमा

ब्राइट फ्यूचर मावि (१३६ जना),

संवृद्धि लर्निङ एकेडेमी (१८ जना),

बालतारा प्रतिष्ठान (३४ जना),

ङग्युर मेमोरियल स्कुल (२० जना),

माउण्ट चन्द्रागिरि स्कुल (५५ जना),

न्यू डायमण्ड एकेडेमी (१७ जना),

गोल्डेन फ्लावर गार्डेन स्कुल (१६ जना),

बेसिक लर्निङ स्कुल (४७ जना),

ऋचा सह शिक्षा सदन (४३ जना),

मेगा पब्लिक एकेडेमी (९ जना),

सप्तर्षी ज्ञानपीठ (६ जना) र

विद्याश्री एकेडेमी (१२ जना) रहेका छन् ।

यस वर्ष चन्द्रागिरि नगरका ४ वटा संस्थागत विद्यालयका ७ जना परीक्षार्थीले ४.० जीपीए प्राप्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *