प्रभात माविका प्रधानाध्यापक गाेविन्द रुपाखेती सेवा निवृत्त, भव्य समारोहबीच स्मरणीय बिदाई
थानकाेट ।
थानकोट क्षेत्रकाे पुरानाे मध्येको एक विद्यालय प्रभात माविका प्रधानाध्यापक गाेविन्द प्रसाद रुपाखेती सेवा निवृत्त भएका छन् ।
साउन ६ गते मंगलबारदेखि लागू हुनेगरी उनी उमेरहदका कारण सेवा निवृत्त भएका हुन् ।
२०४२ सालदेखि विद्यालयमा सेवारम्भ गरेका रुपाखेती २०७१ जेठ ११ देखि प्रधानाध्यापकका रुपमा कार्यरत थिए ।
करिब ४० वर्ष शिक्षण पेशामा व्यथित गरेका प्रधानाध्यापक रुपाखेतीकाे बिदाईका अवसरमा विद्यालयले साेमबार एक भव्य समाराेह आयोजना गरेकाे थियाे ।
समारोहमा नगरप्रमुख घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायत नगरका कार्यपालिका तथा नगर सभा सदस्यहरु, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधाानाध्यापक तथा प्रतिनिधिहरू, स्थानीय महिला समुहका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियाे ।
प्रधानाध्यापक रुपाखेतीको बिदाई कार्यक्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिहर सिग्देल, प्याब्सन चन्द्रागिरिका अध्यक्ष सरोज महर्जन, चन्द्रागिरि नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुदनराज खनाल, विद्यालयका पूर्व शिक्षक एवं व्यवस्थापन समिति अध्यक्ष योगेन्द्र कुमार कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साे विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म १ हजार २ सय जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
यस कार्यक्रमका केहि तस्बिरहरू हेराैं












