काठमाडौं शिक्षा क्याम्पसद्वारा कक्षा ११ को छात्रवृत्तिको नतिजा प्रकाशन (सूचीसहित)

Thankot Times

थानकोट ।

सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पसले कक्षा ११ को छात्रवृत्ति नतिजा प्रकाशित गरेको छ ।

साउन ५ गते बसेको छात्रवृत्ति छनौट समितिको बैठकले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

कक्षा ११ को छात्रवृत्ति परीक्षामा जम्मा १ सय ५ जना विद्यार्थीहरू मध्ये ६७ जना छात्रा र ३८ जना छात्र सहभागी भएका थिए ।

कक्षा ११ मा नयाँ भर्ना हुनका लागि काठमाडौं शिक्षा क्याम्पसले सूचना जारी गरेर छात्रवृत्ति परीक्षा सञ्चालन गरेको जनाएको छ ।

छात्रवृत्ति नतिजा अनुसार छनौट भएका सम्पूर्ण विद्यार्थीहरूले नतिजा प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो भर्ना प्रक्रियामा सम्पन्न गरी सक्नु पर्ने तथा कसैलाई आफ्नो नतिजा सम्बन्धी कुनै जिज्ञासा वा अन्योलता भएमा २४ घण्टा भित्र क्याम्पसको भर्ना शाखामा सम्पर्क गर्न समेत क्याम्पसले जनाएको छ ।

यस्तो छ छात्रवृत्तिबापत विद्यार्थीले पाउने रकम

कक्षा ११ को छात्रवृत्ति छनौट प्रक्रिया मेरिट योग्यतामा आधारमा तय गरिएको काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिए ।

यो पहिलो चरणको छात्रवृत्ति परीक्षाको नतिजा भएको र दोश्रो चरणको छात्रवृत्ति परीक्षा साउन १७ गते सञ्चालन हुने बताइएको छ ।

परीक्षामा १०० वटा बहु वैकल्पिक प्रश्नहरू सोधिएका थिए । प्रत्येक प्रश्नको पूर्णाङ्क १ अंक रहेको थियो ।

क्याम्पसले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ पाएका विद्यार्थीका लागि परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिरहेको छ ।

कक्षा ११ मा पठनपाठन साउन २० गतेबाट सुरु हुने बताइएको छ ।

हेर्नुहोस् छात्रवृत्ति नतिजाः


Leave a Reply

Your email address will not be published. Required fields are marked *