२२ टनको शिलामा खोपिएको विश्व बिश्रामेश्वर महादेवको मूर्ति थानकोट चेकपोष्टमा स्थापना

Thankot Times

थानकोट ।

करिब २२ टनको ढुङ्गामा कुँदिएको महादेवको मूर्ति चन्द्रागिरि नगरपालिकामा स्थापना गरिएको छ ।

चन्द्रागिरि नगरपालिका-०५ चेकपोष्ट दाउराडिपो भुजिण्डोलमा सो मूर्ति गत असार २१ गते स्थापना गरिएको हो ।

२ महिना लगाएर ५ जना श्रमिकले लगातार कुँदेपछि हाल सो मूर्तिको ताैल करिब १६ टन रहेको बताइएको छ ।.

महादेवको सयन मुद्रालाई मुख्य भागमा राखेर वरपर १०८ शिव लिङ्ग खोपिएको सो मूर्ति हालसम्म नेपालमा नभएको दाबी छ ।

मूर्तिमा श्रावण महिनाभित्रै प्राणप्रतिष्ठाको काम हुने विश्व बिश्रामेश्वर महादेव एक सय आठ शिवलिङ्ग मन्दिर निर्माण तथा संरक्षण समितिले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *