नेपाली बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च
थानकोट ।
नेपाली बजारमा चाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
आज बुधबार बजारमा चाँदी प्रतितोला दुई हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रति तोला ३० रुपैयाँले बढेको हो ।
हिजो चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार १ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
यसदिन सुन प्रतितोला एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।












