घट्यो सुनको मूल्य

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर दुई हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार दुई हजार ३५० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *