मच्छेगाउँमा मृत भेटिए १० दिनदेखि सम्पर्कविहिन कीर्तिपुरका व्यवसायी सकेश महर्जन
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाउँस्थित शान्ति वनमा बिहीबार मध्यान्ह फेला परेको शव १० दिनदेखि सम्पर्कविहिन बनेका कीर्तिपुरका सकेश महर्जनको रहेको पुष्टि भएको छ।
केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको प्रकृतिको शव पहिचान गर्न कठिनाइ भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
हाल शव परीक्षणका लागि अस्पताल पठाइएको छ ।
असार ३१ गते मंगलबार बिहान करिब पौने १२ बजे कीर्तिपुर नगरपालिका वडा नं. ९ छुगाउँस्थित घरबाट निस्किएका ५० वर्षीय सकेशले हाँक्ने मोटरसाइकल मच्छेगाउँमा फेला परेपछि मच्छेगाउँ क्षेत्रमा पनि उनको खोजी तिव्र बनाइएकोमा स्थानीय बासिन्दा र शान्ति वनमा काममा खटिएका मजदुरहरूले रुखमा मान्छे झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सो पछि मृतकका परिवारजनका सदस्यले शव महर्जनको भएको सनाखत गरेको बताइएको छ।
यो पनि पढ्नुहोस्












