वाडभञ्ज्याङस्थित भीम माविमा आज शोक बिदा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित भीम माविमा आज शोक बिदा हुने भएको छ ।
सो विद्यालयमा अध्ययनरत विद्यार्थीको निधन भएपछि शुक्रबार विद्यालयले शोक बिदा दिएको हो ।
कक्षा ८मा अध्ययनरत नन्दबहादुर विष्टको उपचारका क्रममा बिहीबार निधन भएको विद्यालयले जनाएको छ ।
करिब १ सातादेखी एक अस्पतालको सघन कक्षमा उपचाररत विष्टको निधनमा विद्यालयले दुःख व्यक्त गरेको छ ।












