कुमा सागरले साउन १७ गते गुर्जुधारामा ‘लाइभ’ प्रस्तुति दिने
थानकोट ।
युवाहरु माझ छाइरहेका गायक कुमा सागरले चन्द्रागिरि नगरपालिकामा फेरी अर्को लाइभ प्रस्तुति दिने भएका छन् ।
‘कुमा सागर एण्ड द ख्वपः ब्यान्ड’ को सांगीतिक कार्यक्रम फिल दी म्यूजिक लाइभ वीथ कुमा सागर एण्ड दी ख्वप यहि साउन १७ गते शनिबार गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा आयोजना हुनेछ ।
दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रम पिरामिड भेन्चर्स प्रा.लि ले आयोजना गर्न हो ।
सो सांगितिक कार्यक्रममा कुमा सागरसहित कलाकार कमल खत्री र द एडप्टर्स व्याण्डको पनि सहभागिता रहनेछ ।
कार्यक्रममा सहभागी हुन इच्छुकले आइएमी खल्ती मोबाइल वालेटमार्फट टिकट खरिद गर्न सक्ने जनाइएको छ । कुमा सागर र उनको समुहले गत कार्तिक महिनामा थानकोटमा पनि लाइभ प्रस्तुति दिएको थियो ।













