सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा काराेबार हुने साताकाे पहिलो दिन आज आइतबार (साउन ११) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँ कायम छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २ सय ९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *