काठमाडाैंमा ४ लाख ३८ हजार बराबरको सिक्री लुटेको अभियोगमा समातिए दुई जना

Thankot Times

थानकोट ।

एक महिलाले गलामा लगाएको सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँ बस्ने २६ वर्षीय मिलन तामाङ छन् । उनीहरुले माछापोखरीबाट एक महिलाको गलाको सिक्री लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

यो समूहले शनिबार साँझ ती महिलाको सिक्री लुटेका थिए ।

२ तोला २५ लाल अर्थात प्रचलित मूल्य अनुसार ४ लाख ३८ हजार बराबरको सिक्री लुटेको प्रहरीले बताएको छ ।

खोजीको क्रममा शनिबार राति १२:३२ बजे उनीहरुलाई माछापोखरीबाटै पक्राउ गरिएको बोहराले बताए ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट एक थान सिक्री र दुई थान मोबाइल बरामद भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *