कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि आज सान कलेजले अभिमुखीकरण सञ्चालन गर्दै

Thankot Times

थानकोट ।

गतवर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि नैकापस्थित सान इन्टरनेशनल कलेजले आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ ।

नयाँ विद्यार्थीहरूलाई क्याम्पसको वातावरणसँग परिचित गराउन र उनीहरूमा अध्ययनप्रतिको उत्सुकता जगाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको क्याम्पसले जनाएको छ ।

दुई सत्रमा सञ्चालन हुने अभिमुखीकरणको बिहानी सत्रमा व्यवस्थापन संकायका विद्यार्थीहरुका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म अभिमुखीकरण सञ्चालन हुँदा विज्ञान संकायका विद्यार्थीहरुका लागि बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अभिमुखिकरण सञ्चालन हुनेछ ।

दुवै सत्रका कार्यक्रम नैकापस्थित कलेजकै सभा हलमा हुन बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *