गोसाइकुण्डमा बेपत्ता भएका दुई जनाको शव भेटियो

Thankot Times

थानकोट ।

रसुवाको गोसाइँकुण्डमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई जनाकै शव फेला परेको छ ।

आइतबार दिउँसो गोसाइकुण्ड गाउँपालिका-५ स्थित तालमा पौडी खेल्ने क्रममा दुई जना पुरूष बेपत्ता भएकोमा उनीहरूको शव सोमबार फेला परेको हो ।

मोरङका मनोज न्यौपाने र सुजन ढकाल डुबेर बेपत्ता भए थिए ।

उनीहरूको खोजी गर्न सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमाण्डमा टोली परिचालन भएको थियो ।

नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले पनि उनीहरूको खोजी गरिरहेको अवस्थामा दुवैको शव फेला परेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *