झरीका बाबजुद चन्द्रागिरिका शिवालयहरूमा श्रद्धालुको भिड

Thankot Times

थानकोट ।

साउनको सोमबार देशभरका शिवालयहरूमा भक्तजनको भिड लाग्दछ।

आज साउनको दोस्रो सोमबार।

काठामाडौं उपत्यका लगायत देशभरिका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ।

काठमाडौं उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेको छ।

पानी परिरहँदा श्रद्धालुहरू छाता ओडेर शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्।

चन्द्रागिरिका चन्दन भराटेश्वर, गोलोकेश्वर, मातुलेश्वर लगायतका शिव मन्दिरमा बिहानैदेखी भक्तजनको भिड लागेको हो ।

आज सोमबार साँझ चन्द्रागिरि डाडाँस्थित भालेश्वर, तीनथानास्थित विष्णुदेवी मन्दिरमा विशेष आरती हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *