सिन्धुलीका हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

थानकोट ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भई कास्कीको पोखरा महानगरपालिका–३०, गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।

पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार (साउन १२) बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भई कास्कीको पोखरा महानगरपालिका–३०, गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।

पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार (साउन १२) बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो ।

धनबहादुर सम्पर्कविहीनमध्येकी कमला हायूका पति हुन् ।

प्रहरीका अनुसार, बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *