हज समितिको अध्यक्षमा सिराहाका मोख्तार अहमद नियुक्त
थानकोट ।
गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।
मंगलबार मन्त्री स्तरको निर्णयबाट सिराहका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालय अन्तर्गत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।













