चेकपोष्ट-गोदाम सडक खण्डमा ट्याक्सी दुर्घटना

Thankot Times

थानकोट ।

गणेशमान सिंह मार्गको चेकपोष्ट-गोदाम खण्डमा एउटा ट्याक्सी दुर्घटनामा परेको छ ।

बुधबार बिहान करिब ८ बजे सो दुर्घटना भएको हो ।

ट्याक्सी सडकबाट बारीमा खसेको छ ।

बागमती प्रदेश ००२ ज ७३१० नम्बरको इभी ट्याक्सी दुर्घटना भएको छ ।

दुर्घटनामा चालक सामान्य घाइते भएका छन, उनको थानकोट प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *