रसुवास्थित भोटेकोशीमा भीषण बाढी, त्रिशुली नदीमा जल सतह बढ्न थालेपछि प्रहरीको माइकिङ

Thankot Times

थानकोट ।

बुधबार बिहान ३ बजेदेखि रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आएको छ ।

बाढीका कारण त्रिशुलीको जलसतह ह्वात्तै बढेको छ ।

रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका– ५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *