फिफा फुटबल फर स्कुलका लागि न्यू होराइजनसहित चन्द्रागिरिका चार विद्यालय छनोट (सूचीसहित)

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि (साउन १५ गते)बाट देशका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने विशेष कार्यक्रमका बीच फुटबल वितरणको सुरु गर्नेछन् एन्फाको तयारी छ।

यो फुटबल वितरण ‘फिफा फुटबल फर स्कुल कार्यक्रम’ अन्तर्गत रहेको छ ।

नेपालमा यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुन लागेको हो।

एन्फाले १ हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने

देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयहरूमा ३२,६४० वटा फुटबल वितरण गरिने योजना रहेको यस कार्यक्रमले विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उपाध्यक्ष दावा कुङवा लामाले जानकारी दिए ।

सो कार्यक्रमका लागि चन्द्रागिरि नगरका विभिन्न चारवटा विद्यालय छनोट भएका छन् ।

जसमा सतुङ्गलस्थित जेसिस इन्टरनेशनल स्कुल र एआइ स्कुल, नैकापस्थित ब्राइट फ्यूचर मावि एवं मच्छेगाउँस्थित न्यू होराइजन एकेडेमी रहेका छन् ।

बिहीबार हुने कार्यक्रममा काठमाडाैं उपत्यकाका विभिन्न ६३ वटा विद्यालयका लागि फुटबल वितरण हुने बुझिएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *