चन्द्रागिरिका विभिन्न स्थानमा वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध, सेवा सुचारु हुन समय लाग्ने

Thankot Times

थानकोट ।

इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकले चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा अहिले दिउँसो इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।

वर्ल्डलिंकका अनुसार थानकोट चेकपोष्ट लगायतका इलाकामा दिउँसो १ बजेबाट इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।

चेकपोष्ट नजिकै विद्युत प्राधिकरणको खम्बा स्थान्तरणका क्रममा रहेकोले इन्टरनेटमा समस्या देखिएको कम्पनीले जनाएको छ।

सेवा सुचारु हुन अझै ३ घण्टा लाग्ने कम्पनिले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ