यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
कलंकीबाट समातिए शिव, मिलन र सुरज
थानकोट ।
नेपाल प्रहरीले काठमाडाैं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई मंगलबार बेलुकी पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार करिब १ ग्राम ९ सय १० मिलिग्राम गाँजाको धुलो जस्तो देखिने पदार्थ, करिब १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २१ हजार रूपैयाँसहित धादिङ घर भएका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ पक्राउ परेका हुन् ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।


















