चन्द्रागिरि नगर अस्पताल भवन यसै वर्ष निर्माण सम्पन्न भइ सेवा विस्तार हुनेछ- नगरप्रमुख गिरी
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका वडा नं -४, थानकोट गोदामस्थित हाल सञ्चालनमा रहेको नगर प्राथमिक अस्पतालसँगै निर्माणाधीन अस्पताल भवन यसैवर्ष निर्माण भइसक्ने बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा मेयर गिरीले लेखेका छन नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा करिब २० करोडको लागतमा नगर अस्पतालको सुविधासम्पन्न नयाँ भवन निर्माण कार्य अन्तर्गत पहिलो तला ढलान कार्य सम्पन्न भएको छ ।
उनले लेखेका छन- आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकारबाट करिब ९ करोड र नगरपालिकाबाट ४ करोड गरि करिब १२ करोड रुपैयाँ बजेट सुनिश्चिता भएको छ ।
ठ्याक्कै दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरि २०८० गत असार २० गते भएको चन्द्रागिरि नगर प्राथमिक अस्पतालको भवन निर्माण कार्य निर्धारित अवधिमा नटुंगिएपछि म्याद थपिएको छ ।
सम्झाैताअनुसार चन्द्रागिरि नगर प्राथमिक अस्पतालको भवन निर्माण सम्पन्न नभएपछि….
चन्द्रागिरि नगरपालिका वडा नंं ४ स्थित हाल सञ्चालनमा रहेको प्राथमिक अस्पताल हातामा २०८० माघ ३ गते नगरप्रमुख घनश्याम गिरीले ३ तल्ले अस्पताल भवनको शिलान्यास गरेका थिए । हाल १५ शैयाको अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भएपछि कूल ३० शैयाको हुने लक्ष्य लिइएको भएपनि निर्माणको जिम्मा पाएको पक्षले अनेक बहाना गर्दा अस्पतालको निर्माण अवधि थप गर्न परेको बताइएको छ ।
मन्त्रीपरिषद्को गत २०७९ फाल्गुन ४ गतेको बैठकले २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै सोही सालको फागुन २१ गते चन्द्रागिरि नगरपालिकाले अस्पतालको निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।
जसमा एम ए कन्सट्रक्सन छनोट भइ कार्य गर्न सहमत भएकोमा निर्माणस्थलमा खम्बा नसारिएको लगायतको विषय उठाएपछि सम्झाैता भएको करिब ६ महिनापछि मात्रै बल्ल अस्पताल भवन निर्माणको कार्य अघि बढेको थियो ।
एम ए कन्सट्रक्सन कम्पनीले करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रूपैयाँ सैतीस पैसामा अस्पतालको भवन बनाउन पेश गरेको बोलपत्र स्वीकृत भएको थियो ।
तस्बिरः नगरप्रमुख घनश्याम गिरीको फेसबुक ।












