घट्यो सुनचाँदीको मूल्य

Thankot Times

थानकोट।

नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ९४ हजार ४ रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी दुई हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

आज १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार ९८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ४६ रुपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *