कीर्तिपुरमा प्याब्सन अन्तर विद्यालय हस्तलेखन प्रतियोगिता आज, १५ विद्यालय सहभागी हुने

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरमा सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन कीर्तिपुको आयोजनामा आज नगरस्तरीय अन्तर विद्यालय हस्तलेखन प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा नगर क्षेत्रका विभिन्न १५ विद्यालयका ५४ जना विद्यार्थीले भाग लिने बताइएको छ ।

जुनियर र सिनियर दुई विधामा हुने प्रतिस्पर्धा स्थानीय लोक आदर्श एकेडेमीमा हुने कीर्तिपुर प्याब्सनका कोषाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक एवं मच्छेगाउँस्थित न्यू होराइजन एकेडेमीका प्रधानाध्यापक बुद्ध महर्जनले जानकारी दिए ।

नेपाली हस्तलेखनमा जुनियर विद्यार्थी र अंग्रेजी हस्तलेखनमा सिनियर विद्यार्थी सहभागी हुनेछन् ।

कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ