प्रतिबन्धित लागुऔषध र नगदसहित नागढुङ्गाबाट २० वर्ष मुनिका दुई जना युवा पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगा चेकपोस्टबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले बिहीबार बिहान करिब १ बजे उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल १४ हजार ७ सय ६० क्याप्सुल र ६० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पर्साको बिन्दवासिनी नगरपालिका–५ निवासी २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा रहेका छन्।
बा.प्र ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा.७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुङ्गा पिप्लामोडबाट काठमाडौं प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो।
उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।












