नेपाल मिडिया सोसाइटीको अध्यक्षमा मदन लम्साल
थानकोट ।
नेपाल मिडिया सोसाइटीको अध्यक्षमा मदन लम्साल (आर्थिक अभियान) चयन भएका छन् ।
यसअघि सोसाइटीको अध्यक्षमा शुभशंकर कँडेल (एबीसी टिभी) थिए । जो कार्यसमितिमा निवर्तमान अध्यक्षको रूपमा रहनेछन् ।
काठमाडौंको होटल याक एन्ड यतिमा सम्पन्न २२औं वार्षिक साधारण सभाबाट उपाध्यक्षहरूमा धर्मराज भुसाल (हिमालय टिभी) र महेश स्वाँर (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे दैनिक), कोषाध्यक्षमा जनक पन्त (टिभी टुडे) चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा डा. बालकृष्ण चापागाईं (दैनिक पत्र दैनिक), निकिता पौडेल (गोपीकृष्ण टिभी फिल्मी), विनोद पौडेल (मिसन टुडे), सुरेन्द्रबहादुर सिंह (गौरीशंकर टिभी) र राजन पोखरेल (द हिमालयन टाइम्स) चयन भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल चार वर्ष (२०८२–२०८५) अवधिको हुनेछ ।


















