अनेमसंघ काठमाडाैं निर्वाचन क्षेत्र नं. ९ को तेस्रो सम्मेलन आज, नयाँ नेतृत्व चयन हुँदै
थानकोट।
अखिल नेपाल महिला संघ काठमाडाैं निर्वाचन क्षेत्र नं. ९ को तेस्रो सम्मेलन आज शनिबार हुँदैछ ।
नयाँ नेतृत्व चयन गर्ने सम्मेलन नैकापस्थित कोजी इभेन्ट्समा आयोजना हुनेछ ।
नेकपा एमाले निकट सो संघको अधिवेशन सत्रमा सो संघकी महासचिव पेम्बा लामाको समेत उपस्थिति रहने बताइको छ ।
सम्मेलन बिहान ११ बजेबाट सुरु हुने अनेमसंघ काठमाडौं जिल्ला कमिटी सह-सचिव रन्जु खड्काले जानकारी दिइन् ।
काठमाडौँ ९ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा रहेका छन्।













