आज शनिबार गुर्जुधारामा कुमा सागरको ‘लाइभ’ कन्सर्ट हेर्न पाइने
थानकोट ।
युवाहरु माझ छाइरहेका गायक कुमा सागरले आज शनिबार चन्द्रागिरि नगरपालिकामा लाइभ प्रस्तुति दिँदैछन् ।
चन्द्रागिरि नगरमा उनको यो दोश्रो कन्सर्ट हुनेछ । कुमा सागर र उनको समुहले गत कार्तिक महिनामा थानकोटमा पनि लाइभ प्रस्तुति दिएको थियो ।
‘कुमा सागर एण्ड द ख्वपः ब्यान्ड’ को सांगीतिक कार्यक्रम फिल दी म्यूजिक लाइभ वीथ कुमा सागर एण्ड दी ख्वप शनिबार गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा आयोजना हुन लागेको हो ।
दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा कुमा सागरसहित कलाकार, कमल खत्री र द एडप्टर्स व्याण्डको पनि सहभागिता रहनेछ ।
कार्यक्रममा सहभागी हुन इच्छुकले आइएमी खल्ती मोबाइल वालेटमार्फट टिकट खरिद गर्न सक्ने जनाइएको छ । पिरामिड भेन्चर्स प्रा.लि ले यो सांगितिक कार्यक्रम आयोजना गर्न लागेको हो ।













