बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

Thankot Times

थानकोट।

बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

भक्तपुरमा शुक्रबार (साउन १६ मा) भएको कार्यक्रममा बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित गरिसकेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरणसमेत भइसकेकाले प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरे ।

२०८२ साल असार ३० गतेसम्ममा बागमती प्रदेशका १३ वटै जिल्लाले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू लगाएका थिए ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *