प्याब्सन चन्द्रागिरि कप छात्र फुटसलको उपाधि लगातार दोश्रो वर्ष रिब्स माविको पोल्टामा
थानकोट ।
फाइनल खेलमा जर्सी नं. ११ का ब्लेस गुरुङले ह्याट्रिक गरेपछि चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले जारी चाैथो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल प्रतियोगिताकाे उपाधि जितेको छ । रिब्सले गतवर्ष पनि सो उपाधि जितेको थियो ।
एकतर्फी बनेको फाइनल खेलमा बालतारा एकेडेमीको पोष्टमा रिब्सले ७ गोल गर्यो ।
बालताराले १ गोल फर्कायो ।
खेलमा रिब्सका श्रमन गुरुङले २ गोल तथा आर्यन केसी र दिपेश कार्कीले समान १-१ गोल थप गरेका थिए भने बालताराका अनमोल सिंहले सान्त्वना गोल फर्काए ।
सेमीफाइनलमा चेकपोष्टस्थित ब्राइट एन्जलसको चुनाैती पेनाल्टी सुट आउटमा पन्छाउँदै रिब्स फाइनलमा पुगेको थियो । यस्तै, जेसिसलाई पराजित गर्दै बालतारा फाइनलमा पुगेको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा ब्राइट एन्जलले जेसिसमाथि जित हात पार्यो । ब्राइट गत वर्षपनि तेस्रो बनेको थियो ।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वोत्कृष्ठ गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
रिब्सका श्रमन गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी तथा सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगितामा कूल १० गोल गरेका थिए ।
प्रतियोगितामा बालताराका रियोन महर्जन सर्वोत्कृष्ठ गोलरक्षक घोषित भए ।
जेसिस स्कुल अनुशासित टोलीको हकदार ठहरियो ।
प्रतियोगितामा पहिलो, दाेश्राे र तेस्रो हुने टाेली तथा व्यक्तिगत विधामा अब्बल घाेषित खेलाडीहरुलाई विद्यालय खेलकुद महासंघका पदाधिकारिहरू लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
शुक्रबारदेखि सतुङ्गलस्थित एआई स्कुलको एरिनामा सुरु भएको प्रतियोगितामा प्याब्सनसँग आबद्ध चन्द्रागिरि नगरका विभिन्न १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा पहिलो भएको रिब्स, दोश्रो भएको बालतारा र तेस्रो भएको ब्राइट एन्जल काठमाडाैं प्याब्सनले आयोजना गर्ने जिल्लास्तरीय फुटसलका लागि छानिएका प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष एवं जेसिस स्कुलका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिए ।।













