नेपाल एथलेटिक्स संघको अध्यक्षमा राजीवविक्रम शाह, उपाध्यक्षमा कोमल वली चयन

Thankot Times

थानकोट ।

नेपाल एथलेटिक्स संघको चुनावी साधारण सभाले राजीवविक्रम शाहलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

सभाले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको हो ।

निर्विरोध चयन हुने पदाधिकारीहरूमध्ये उपाध्यक्षहरूमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ छन् ।

त्यस्तै, आरके विष्ट (राधाकृष्ण) सचिव तथा मोहनबहादुर घले कोषाध्यक्षमा चुनिएका छन् ।

त्यसैगरी, सञ्जीव तुलाधर, अञ्जु चौधरी, दिलबहादुर बम, नन्दु काउचा, अनिरुदैकुमार चौधरी, मोहम्मद ज्याउल हक, शिवलाल आचार्य र पद्मा चौधरी सदस्यमा चयन भएका छन् ।

सदस्यमा निर्वाचित तुलाधरलाई नवनिर्वाचित अध्यक्ष शाहले पछि कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने गरी महासचिवमा मनोनीत गरेको घोषणा गरे ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गराए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *