चन्द्रागिरि प्याब्सन अन्तर विद्यालय हस्तलेखनको उपाधि सनसाइन र माउण्ट चन्द्रागिरिलाई

Thankot Times

थानकोट ।

चन्द्रागिरि प्याब्सनद्वारा आयोजित अन्तर विद्यालय हस्तलेखन प्रतियोगितामा सिनियरतर्फ महादेवस्थान किसिपिडीको सनसाइन स्कुलमा अध्ययनरत प्रनिका विके र जुनियरतर्फ माउण्ट चन्द्रागिरि इंग्लिश स्कूल थानकोटमा अध्ययनरत समी लामा पहिलो भएका छन् ।

सिनियरतर्फ ज्ञानसुधा एकेडेमीका आस्था कार्की दोश्रो भइन ।

यस्तै ब्राइट फ्युचर सेकेण्डरी स्कूलका कृष्ण थापा तेसो हुँदा ए. आइ. सेकेण्डरी स्कूलकी करुणा माझीले सान्त्वना स्थान प्राप्त गरिन् ।

यसैगरी, जुनियर तर्फ ब्राइट फ्युचर सेकेण्डरी स्कूलकी सिमरन श्रेष्ठ दोश्रो, न्यु डायमण्ड एकेडेमीकी अर्पणा तामाङ तेस्रो र ऋचा को-एजुकेशनल होमका प्रसिद्ध अधिकारीले तेस्रो स्थान हात पारे।

प्रतियोगितामा अब्बल ठहरिएका विद्यार्थीहरू तथा सहभागीहरूका लागि नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठ, उपाध्यक्ष मोहन कुमार कार्की, महासचिव राजकुमार कार्की, चन्द्रागिरि नगर शिक्षा, युवा तथा खेलकुद शाखाका बुद्धी प्रसाद भट्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।

शनिबार सतुङ्गलस्थित ए.आइ. सेकेण्डरी स्कूल सम्पन्न प्रतियोगिताको सिनियर (कक्षा ६-१०) तर्फ २१ जनाले र जुनियर (कक्षा १-५) तर्फ विभिन्न विद्यालयका २१ जनाले सहभागिता जनाएको प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *