कक्षा १२ को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले अबको एक साताभित्र नतिजा प्रकाशित गर्ने तयारी गरिएको जानकारी दिए ।

“हामी जतिसक्दो छिटो नतिजा प्रकाशित गर्न लागि परेका छौँ । अबको एक साताभित्रै नतिजा प्रकाशित गर्ने तयारी छ । ढिलोमा साउनभित्र नतिजा आइसक्छ,” उनले भने ।

गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षा वैशाख २४ गते सकिएको थियो । बोर्डका अनुसार, परीक्षामा पाँच लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए ।

परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *