मातातिर्थकी सुस्मिताको ठैबमा हत्या, हत्या अभियोगमा श्रीमान पक्राउ
थानकोट।
ललितपुरको ठैबमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
चन्द्रागिरि नगरपालिका-८ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१४ ठैब बस्दै आएका ४६ वर्षीय निरोजकुमार खड्गीले श्रीमती ४६ वर्षीया सुस्मिता खड्गीको हत्या गरेको प्रहरीले जनाएको छ ।
सुस्मिताको शव आज आइतबार बिहान उनीहरू बस्दै आएको टहरोमा फेला परेको थियो । निरोजले घाँटी थिचेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनास्थल प्रहरी प्रभाग बाँडेगाउँबाट २ किलोमिटर उत्तरतर्फ पर्छ ।
प्रहरीले हत्यामा संलग्न आरोपमा निरोज कुमार खड्गीलाई पक्राउ गरेको छ ।
सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको एसएसपी अधिकारीले जानकारी दिए । घटनाबारे प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।












