जल सतह बढ्न थालेपछि सप्तकोशी पुलमा राखियो रातो झन्डा र खोलियो २६ ढोका
थानकोट ।
पहाडी क्षेत्रमा निरन्तरको वर्षापछि जलसतह बढ्न थालेपछि सप्तकोशी नदीका २६ ढोका खोलिएको छ ।
आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो साँझ ५ बजेसम्बम जे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कोशीमा पानीको बहाव अझ बढ्दो क्रममा जारी रहेको छ ।
पानीको बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने २६ वटा ढोका खुला गरि सकिएको छ ।


















