धादिङको गजुरी क्षेत्रमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा
थानकोट।
देशका केही स्थानमा पछिल्लो २४ घण्टामा ‘धेरै भारी’ वर्षा भएको छ ।
त्यसमध्ये धादिङमा सबैभन्दा बढी पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार (साउन १९) बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार, यो अवधिमा धादिङको गजुरीमा १६९.४ मिलिमिटर पानी परेको छ ।
“अहिले पनि कर्णालीबाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ,” महाशाखाले भनेको छ ।


















