कक्षा १२ को नतिजा आज सार्वजनिक हुने सम्भावना प्रबल

Thankot Times

थानकोट।

कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ ।

नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ ।

बोर्ड स्रोतले दिएको जानकारी अनुसार हिजो (आइतबार) डेमो गरिएको थियो ।

क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक हुनुपर्ने हो ।

तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *