८ महिनाका लागि नेपाली काँग्रेसका इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री नियुक्त हुँदै
थानकोट ।
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् ।
सोमबार मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका उनलाई प्रदेश प्रमुखले आह्वानको समय सकिएपछि नियुक्ति गर्नेछन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन् ।
सो समयपछि उनलाई नियुक्त गरेर आजै शपथको तयारी रहेको प्रमुख प्रमुखको सचिवालयले जनाएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि बहादुरसिंह लामाले राजीनामा दिएसँगै प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
बानियाँको कार्यकाल करिब ८ महिनाको हुनेछ, सो पछि नेकपा एमालेले बागमती मुख्यमन्त्री पद पाउने यसअघि नै सहमति भइसकेको छ ।













