प्याब्सन काठमाडौं जिल्लाव्यापी फुटसल साउन २३ बाट, चन्द्रागिरिका ३ सहित ४५ विद्यालय सहभागी

Thankot Times

थानकोट ।

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्लास्तरीय अन्तर- विद्यालय फुटसल प्रतियोगिता साउन २३ बाट हुने भएको छ।

मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सो कुरा जानकारी दिइएको हो।

उक्त प्रतियोगिता साउन २३ देखी २५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

खेलहरु प्याब्सन काठमाडौं जिल्लाको आयोजना र काठमाडौं महानगरको संयोजनमा हुने जिल्ला अध्यक्ष नवराज भट्टले जानकारी दिए ।

पढाईसंँगै शारीरिक तथा मानसिक विकासको लागि आयोजना गरिएको फुटसल प्रतियोगिता काठमाडौं जिल्लाअन्तर्गत रहेका स्थानीय तहका६ सय भन्दा बढी विद्यालयबाट छनोट भएर त्यहाँको सदस्य संख्याका आधारमा १५ विद्यालय बराबर एक टिम छनोट गरिएको अध्यक्ष भट्टले बताए ।

फुटसलमार्फत फुटबल खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भट्टको भनाई छ।

उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरु भाग लिन पाउनेछन् ।

प्रतियोगिता अन्तर्गतका खेलहरु राष्ट्रिय रेफ्रीहरुसँग समन्वय गरेर खेलाइने प्याब्सनको तयारी छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन काठमाडौं महानगरपालिकाका अध्यक्ष गगन सिंह ऐरले खेलले नैतिकवान विद्यार्थी उत्पादन गर्ने उद्देश्य राखेको बताए । विद्यालय र विद्यार्थीबीच भातृत्व कायम गर्न र खेलप्रति विद्यार्थीहरुको रुचि बढाउन फुटसल प्रतियोगिता आयोजना गरिएको भन्दै अध्यक्ष ऐरले नक्कली खेलाडी ल्याएमा ५० हजार जरिवाना र तीन वर्षसम्म कुनै पनि खेलमा सहभागी नगराउने बताए ।

अध्यक्ष ऐरले भने, ‘खेलमा सहभागी हुने विद्यार्थीहरुको बारेमा विरोध आए इमिस नम्बर परिक्षण हुने बताए।’ उनले सबै सहभागी हुने विद्यालय र विद्यार्थीहरुले अनुशासन कायम गर्नुपर्ने समेत धारणा राखे ।

फुटसल प्रतियोगिता फिफा रेफ्री माधव रेग्मीको नेतृत्वमा राष्ट्रिय रेफ्रीहरुले खेल खेलाउने छन्।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रू. २५ हजार, द्वितीय १५ हजार र तृतीय हुने टिमले १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामाकाठमाडौं महानगरपालिकाबाट १६ वटा टिम, गोकर्णेश्वरबाट ६ वटा टिम, तारकेश्वर र कागेश्वरी मनहराबाट समान ४-४ टिम, नागार्जुन, चन्द्रागिरि, बुढानिलकण्ठ र टोखा नगरपालिकाबाट समान ३-३ टिम, कीर्तिपुर नगरपालिकाबाट २ टिम र शंखरापुर नगरपालिकाबाट १ टिम सहित जम्मा ४५ वटा टिम सहभागी हुने बताइएको छ।

प्रतियोगिता सुकेधारास्थित बागमती बोर्डिङ स्कुलको एरिनामा सञ्चालन हुनेछ ।

चन्द्रागिरि नगरपालिकाबाट सो प्रतियोगितामा रिब्स मावि, बालतारा प्रतिष्ठान र ब्राइट एन्जलस् स्कुलले सहभागीता जनाउँदै छन् ।

गत साता सम्पन्न चन्द्रागिरि प्याब्सन छात्र फुटबल प्रतियोगितामा शीर्ष ३ स्थान हात पारेको आधारमा ती तीन विद्यायलले चन्द्रागिरि नगरको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।

प्याब्सन चन्द्रागिरि कप छात्र फुटसलको उपाधि लगातार दोश्रो वर्ष रिब्स माविको पोल्टामा


Leave a Reply

Your email address will not be published. Required fields are marked *