बागमतीमा नयाँ सरकारः थानकोटकी नेतृ विन्दु श्रेष्ठ २०७९ मा उपमेयरको चर्चा, अहिले प्रदेश मन्त्री

Thankot Times

थानकोट ।

बागमती प्रदेशमा नयाँ सरकार गठनसँगै मन्त्रीमा अनुहारहरु पनि नयाँ देखिएका छन् ।

सत्ता साझेदार दल नेकपा एमालेले स्वास्थ्य मन्त्री किरण थापा बाहेक सबै नयाँ अनुहारलाई मौका दिएको हो ।

एमालेले डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, भरत केसीलाई वन तथा वातावरण, जयराम थापालाई श्रम, रोजगार तथा यातायात, मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनाएको हो ।

काठमाडाैं थानकोट निवासी श्रेष्ठ २०७९ को निर्वाचनमा समानुपातिक मतबाट बागमतीको माननीय बनेकी हुन् ।

गत २०७९ को स्थानीय तहको निर्वाचनमा श्रेष्ठ चन्द्रागिरि नगरको उपमेयरका लागि टिकटको आकांक्षी थिइन्, अन्तिम क्षणमा पुगेर उनको नाउँ झिकिएको विषय अझै चर्चामा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *