तीज नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान
थानकोट ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ बिन्दु छोएको छ ।
आज सुन एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जुन अहिलेसम्मकै उच्च हो ।
सोमबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो ।
हिजो सोमबार सो परिमाणको सुनको भाउ प्रति तोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य २५ रुपैयाँ बढेर प्रतितोला दुई हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार चाँदी प्रतितोला दुई हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।












