ज्यान मार्ने उद्योग कसुरमा काठमाडाैंकै एक स्थानीय तहका वडाध्यक्ष पक्राउ
थानकोट ।
काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादलाई लिएर भएको विवादमा तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
महादेव खोला किनारको संरचना निर्माण विवाद चलिरहँदा स्थानीयबीच झडप भएको थियो ।
झडपका क्रममा केही घाइते भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार बस्नेतविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि मंगलबार बिहान नियन्त्रणमा लिइएको हो ।
महादेव खोलामा लगाइएको पर्खाललाई लिएर वर्षोंदेखि विवाद रहिआएको छ ।


















