चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय भवन बनाउन मन्त्रिपरिषद् बाट जग्गा स्वीकृत
थानकोट ।
साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय बनाउन सार्वजनिक जग्गा दिने निर्णय गरेको छ।
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको नाममा रहेको साबिक थानकोट महादेवस्थान गाविस वडा नं. ८ ख मा रहेको ३ रोपनी जग्गा चन्द्रागिरि नगरपालिका वडा नंं ७ को कार्यालय भवन बनाउन दिने निर्णय भएको हो ।
यस्तै साबिक थानकोट महादेवस्थान गाविस वडा नं. २ मा रहेको ३ रोपनी जग्गा चन्द्रागिरि नगरपालिका वडा नं. ५ को कार्यालय भवन बनाउन दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
हाल यी दुवै वडाले घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएका छन् ।














