चन्द्रागिरि वडा नं. ५ र ७ को कार्यालय भवन यसै वर्ष निर्माण सुरु हुनेछ- नगरप्रमुख गिरी

Thankot Times

थानकोट ।

नेपाल सरकारले प्रशासनिक प्रयोजनका लागि भवन बनाउन जग्गा दिने निर्णय गरेसँगै चन्द्रागिरि नगरपालिका वडा नं. ५ महादेवस्थान किसिपिडी र वडा नं. ७ महादेवस्थान चेकपोष्टको कार्यालय भवन निर्माणको ढोका खुलेको छ ।

साउन १८ मा बसेको मन्त्रीपरिषद् बैठकले ती दुवै वडाका लागि समान ३-३ रोपनी सार्वजनिक जग्गा दिने विषयमा हरियो झण्डा देखाएसँगै संघीयता कार्यान्वयन भएको करिब ८ वर्षपछि चन्द्रागिरि नगरका दुई वटा वडा आफ्नै भवन निर्माणको चरणमा प्रवेश गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय भवन बनाउन मन्त्रिपरिषद् बाट जग्गा स्वीकृत

हाल दुवै वडा कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएका छन् । उसो त चन्द्रागरि वडा नं. २ को समेत आफ्नै भवन छैन्, स्वास्थ्य चाैकी भवनबाट सो वडाले सेवा प्रवाह गरिरहेको छ ।

नगरका दुई वडा भवन मन्त्रिपरिषद्ले स्वीकृती दिएसँगै यसैवर्षबाट संरचना निर्माण सुरु हुने नगरप्रमुख घनश्याम गिरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

बुधबार बिहान मेयर गिरीले लेखेका छन्:

धेरै लामो समयावधिको निरन्तर सक्रियता तथा अथक मेहनत र प्रयास पश्चात चन्द्रागिरि नगरपालिकाको वडा नं . ५ र ७ को वडा कार्यालय भवन निर्माण गर्न दुवै वडाहरुलाई तीन – तिन रोपनी गरि छ रोपनी जग्गा नेपाल सरकार मन्त्री परिषदको बैठकबाट चन्द्रागिरि नगरपालिकालाई प्राप्त भएको र दुवै वडा का वडा भवन हरु यसैवर्ष निर्माण कार्य सुरु गरी यथाशिघ्र निर्माण सम्पन्न गरिनेछ…..साथ र सहयोग पुर्याउनु हुने सबैमा हार्दिक धन्यबाद…

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *