एएफसी यू-२० महिला एशियन कप छनोटमा आज नेपालले घरेलु टोली भूटानको सामना गर्दै

Thankot Times

थानकोट ।

२० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ ।

भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’ मा छ ।

नेपाल र भूटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ मैदानमा बेलुका पौने ६ बजे शुरू हुनेछ ।

यो समूहमा उत्तर कोरिया र साउदी अरब पनि छन् ।

दोस्रो खेल नेपालले साउदी अरबसँग पर्सि शुक्रवार र उत्तर कोरियासँग आइतवार खेल्नेछ ।

समूह ‘ए’ को अर्को टोली मङ्गोलियाले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।

३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् ।

हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।

नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले महिला एशियन कपमा नेपाल छनोट हुनेमा आफू ढुक्क रहेको बताएका छन् ।

तस्बिरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ