नागढुङ्गामा मोटरसाइकल सडकबाट भीरमा खस्यो
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-पिपलामोड सडकबाट एउटा मोटरसाइकल भीरमा खसेको छ ।
सो मोटरसाइकल अहिले क्रेनको सहयोगमा माथि सडकमा तानिएको छ।
बुधबार बिहानको घटनामा मोटरसाइकल चालक सकुशल रहेको बताइएको छ।
यस दुर्घटनाको बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।

तस्बिरः रेडियो राजमार्ग












