आज बजारमा सुनकाे भाउ कति छ ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार ५ सय रुपैयाँमा कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी २५ रुपैयाँले बढेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो मंगलबार चाँदी २ हजार २८० रुपैयाँमा कायम भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *